काठमाडाैं र ललितपुरमा दिउँसै चाेरी

काठमाडौँ । तार्केश्वर नगरपालिका-१० मनमैजु ठूलोईनार नजिक एक घरमा चाेरी भएकाे छ ।

साे ठाउँमा गरी बस्ने ४५ वर्षीया रमिता बुढामगरको कोठाबाट ताला फोडी नगद २ लाख रुपैयाँ तथा सुनका विभिन्न गहना समेत गरी करिब ४ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको हाे ।

यस्तै ललितपुर महानगरपालिका-२ सानेपा डेरा गरी बस्ने भक्तपुर नगरपालिका-६ घर भएका ३९ वर्षीया बिना नापितको कोठामा पनि चाेरी भएकाे छ । काेठाकाे ताला फोडी करिब १२ लाख २३ हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना मंगलबार दिउँसो चोरी भएको हाे ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया