स्राेत नखुलेको २५ लाख नगदसहित दुईजना पक्राउ

धनुषा । स्राेत नखुलेको २५ लाख नगदसहित दुईजना पक्राउ परेका छन् ।

नगराईन नगरपालिका-२ नगराईन बजारस्थित महोत्तरी लोहारपट्टी नगरपालिका-५ बस्ने ३५ वर्षीय सञ्जय कुमार साहको नेहा फेन्सी स्टोरबाट स्राेत नखुलेको २५ लाख ५० हजार नेपाली रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरुमा सोही स्टोरका संचालक संजय र भारत बिहार बस्ने २४ वर्षीय सुमित कुमार यादब रहेका छन् । उक्त स्टोरमा भारतबाट अवैध रुपमा लुकाई ल्याई नेपाली रुपैयाँ राखेको भन्ने सूचना पश्चात् जिल्ला प्रहरी कार्यालय धनुषा र सिमा प्रहरी चौकी लग्मा जटहीबाट खटिएको प्रहरीले उक्त स्टोरमा तलासी गर्दा १ हजार रुपैयाँ दरको १ हजार ६ सय वटा नोट र ५ सय रुपैयाँ दरको १ हजार ९ सय वटा नोट सहित फेला पारी मंगलबार बिहान उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई उक्त रुपैयाँ सहित भन्सार कार्यालय धनुषामा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया