प्रचण्ड माधवद्वारा देउवासँग छलफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन् ।

अध्यक्षद्वय प्रचण्ड र नेपाल सभापति देउवालाई भेट्न उनको निवास बुढानिलकण्ठ पुगेका थिए ।

२० मिनेटजति भएको छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम र अब कसरी अगाडि जाने भन्नेबारे छलफल भएको देउवाको सचिवालयले जनाएको छ । यसबारेमा दुवै पक्षले पार्टीभित्र आन्तरिक रुपमा छलफल गरेर अघि बढ्ने समझदारी भएको छ ।

यसैबिच नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार बस्ने भएको छ ।

प्रतिक्रिया