सुनको मूल्य घट्यो

काठमाडौं । आज (बुधबार) सुनकाे मूल्य घटेकाे छ । मंगलबार तोलाको ९० हजार १०० रुपैयाँमा कारोबार भएकाे छापावाला सुनकाे मूल्य आज तीनसयले घटेर ८९ हजार ८०० मा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आज तेजाबी सुन ८९ हजार ३५० मा काराेबार भइरहेकाे छ । मंगलबार तेजाबी सुन प्रतिताेला ८९ हजार ६५० मा कारोवार भएको थियो ।

यस्तै बुधबार चाँदीकाे मूल्य पनि १५ रूपैयाँले घटेकाे छ । मंगलबार एक हजार ३६० रूपैयाँमा काराेबार भएकाे चाँदीकाे मूल्य बुधबार एक हजार ३४५ मूल्य निर्धारण भएको महासंघले जनाएकाे छ ।

प्रतिक्रिया