राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा देऊ : विवेकशील साझा

काठमाडौँ । विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ । संसद विघटन बदरको फैसलाको सम्मान गर्दै तत्काल नैतिकताका आधारमा राजीनामा दिन सो पार्टीले माग गरेको हो ।

बिहान विज्ञप्ति जारी गर्दै विवेकशील साझाले प्रधानमन्त्रीले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिएको छ । ‘विवेकशील साझा पार्टी अदालतको फैसलाको सम्मान गर्दै तत्काल नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा प्रधानमन्त्रीले अब कुनै पनि खाले अवाञ्छित चलखेल नगरी संसद्‌बाट नयाँ सरकार गठनको मार्गप्रशस्त गर्नुपर्दछ ।’

‘प्रधानमन्त्री र राष्ट्रपतिले रानीनामा नदिएमा पद र संस्थाको साख लगातार गिराएको कसुरमा महाभियोग लगाएर पदमुक्त गर्न संसद्‌मा रहेका सम्पूर्ण दल र सांसदहरूलाई हामी आह्वान गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । यस्तै पछिल्लो समय असंवैधानिक ढङ्गले गरिएका सम्पूर्ण नियुक्तिहरू खारेज गर्न पनि पार्टीले माग गरेको छ ।

प्रतिक्रिया