सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अदालतको निर्णयले मुलुकलाई थप अस्थिर बनाउने बताएको छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको राजनीतिक प्रयत्नलाई फैसलाले निस्तजे बनाउने कामसमेत भएको दाबी गरे ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘सरकार संचालनमा गतिरोध सिर्जना हुनपुगेपछि सार्वभौम जनतामा गएर ताज़ा जनादेशका माध्यमबाट समाधान गर्ने प्रमकोराजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएको छ । सर्वोच्च अदालतको फ़ैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउनेछ ।निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न ।’

प्रतिक्रिया