देशभर विजय जुलुस गर्दै प्रचण्ड-नेपाल समूह

काठमाडौँ । नेकपाको प्रचण्ड-नेपाल समूहले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै देशभर विजय जुलुस निकाल्दैछ । सो समूहले प्रतिनिधि सभा पुनर्स्थापना भएको खुसियालीमा आज देशभरि विजय जुलुस गर्ने भएको हो ।

केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार काठमाडौंको शान्तिवाटिकामा दिउँसो १२ बजे जुलुस हुनेछ भने उपत्यकाबाहिरका जिल्ला बिहानै जुलुस निकालिएको छ । शान्तिवाटिकाको जुलुसमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहभागी हुनेछन् ।

https://twitter.com/bishnurijal1/status/1364379805282488320

पुस ५ गते प्रतिनिधि सभा विघटनपछि प्रचण्ड-नेपाल समूह सडक आन्दोलनमा उत्रिएको थियो । तर सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा विघटनलाई बदर गरेसँगै खुसीयाली मनाउन लागेको हो ।

प्रतिक्रिया