यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल फाल्गुन १२ गते । बुधबार । ईश्वी सन् २०२१ फेब्रुवरी २४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–द्वादशी,२३ घडी २१ पला, दिउसो ०३ बजेर ५६ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–पुनर्वशु ,१२ घडी ०५ पला,बिहान ११ बजेर २६ मिनेट उप्रान्त तिष्य । योग–सौभाग्य,४८ घडी २२ पला,रातको ०१ बजेर ५६ मिनेट उप्रान्त शोभन । करण– बालव,दिउसो ०३ बजेर ५६ मिनेट उप्रान्त कौलव,रातको ०३ बजेर ५८ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–गद योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०० मिनेट । दिनमान २८ घडी ३१ पला । प्रदोषव्रत, भीष्मद्वादशी, वाटुमाघयात्रा, सन्याडुली।

आजको बार बेला ।
बिहान ०६ बजेर ३६ मिनेटसम्म लाभ बेला ।
बिहान ६ बजेर ३७ मिनेटदेखी बिहान ८ बजेर ०१ मिनेटसम्म अमृत बेला ।
बिहान ८ बजेर ०२ मिनेटदेखी बिहान ९ बजेर २७ मिनेटसम्म काल बेला ।
बिहान ०९ बजेर २८ मिनेटदेखी बिहान १० बजेर ५२ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर ५४ मिनेटदेखी मध्यान्ह १२ बजेर १८ मिनेटसम्म रोग बेला ।
मध्यान्ह १२ बजेर १९ मिनेटदेखी दिउसो १ बजेर ४३ मिनेटसम्म उद्वेग बेला ।
दिउसो १ बजेर ४४ मिनेटदेखी दिउसो ३ बजेर ०९ मिनेटसम्म चर बेला ।
दिउसो ३ बजेर १० मिनेटदेखी बेलुकी ४ बजेर ३५ मिनेटसम्म लाभ बेला ।
बेलुकी ४ बजेर ३६ मिनेटदेखी बेलुकी ७ बजेर ३५ मिनेटसम्म उद्वेग बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो १२ बजेर १७ मिनेटदेखी दिउसो ०१ बजेर ४३ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त,साथिभाई तथा आमाबाट छुट्टिएर यात्रा गर्नुपर्दा मनमा खिन्नता पैदा हुनेछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रि गर्दा ख्याल गर्नुहोला अनाबस्यक झन्झट बेहोर्नु पर्नेछ । अरुको भर पर्दा आफ्नो काम थाति रहन सक्छ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यापार व्यावसायमा लगानि गर्न पर्ख र हेरको रणनीति अपनाउनु होला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुनेछ । छोटो यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँको पक्षमा नहुने हुनाले आज मुद्दा मामिलामा सामेल नहुनुहोला । माया प्रेममा धोका तथा बिश्वास घात हुन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानी गर्नको लागी केही समय पर्ख हेरको रणनीति अपनाउनु पर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापारमा बढोत्तरिको योग रहेकोछ भने आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कार्यक्षेत्रमा सफलता आर्जन गर्न सकिने र सम्मान बढ्ने समय रहेकोछ । सामाजिक सर्कलमा राम्रा काम गरि साख बढाउन सकिनेछ । धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ भने आर्थिक दृष्टिले समय फलदायि रहेकोछ । दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउदै काम गर्नु होला । मौखिक अभिव्यक्तिसँग सम्बद्ध जुनसुकै काममा उच्च सफलता प्राप्त हुनेछ । प्रेम जीवन र दाम्पत्य सम्बन्ध झन् प्रगाढ बन्दै जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । माया प्रेममा एक अर्का बीच मनमुटाब सिर्जना हुनेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । व्यापार व्यावसायमा अरुदिन भन्दा अलि बढि समय दिनुपर्नेछ । तरपनि बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशि सामानको व्यापारमा समान्य बृद्धि हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सामाजिक काममा समय खर्च हुनेछ भने धार्मिक तथा सामाजिक क्षेत्रबाट सम्मानित भई मान सम्मानमा बृद्धि हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ भने आम्दानीका नयाँनयाँ स्रोत पत्ता लगाउन सकिनेछ । पारिवारिक शुख मिल्ने तथा माता पिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । चाहना बमोजिम कार्य सम्पन्न गर्न सकिने छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बौद्धिक तथा आफुभन्दा ठुला ब्याक्ति हरुसँग सैदान्तिक बिषयमा राय बाजिनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेकोले लगानि नबढाउनु नै उचित होला । अध्ययन अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछि परिने निश्चित जस्तै छ । प्रेम प्रसङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव सिर्जना हुनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहनु पर्नेछ भने कार्यक्षेत्रमा तपाईको निर्णयको आलोचना हुन सक्छ ध्यान दिनुहोला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । अरूको काममा समय व्यातित भएपनि फाइदा आफैंलाई हुनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ । फाईदा हुने काम वा जिम्मेवारी तपाईँको काधमा आउनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्य वा समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारी चलाउदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । चेलि माईती बीचको सम्बन्धमा दुरी केहि बडेजस्तो हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) परिवारका साथ रमाईलो वातावरणमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आएपनि खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बीन्ध समस्या आउनेछ । आलोचना गर्नेहरु बढ्नेछन् भने सानातिना घरेलु समस्याले सताउनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । पहिलेको काम तथा मुद्दाहरु पुनह दोहोरिने हुँदा मानशिक तनाब सिर्जना हुनेछ । प्रेममा एक अर्कालाई शंका गर्ने बानिले असजिलो परिस्थितिको सिर्जना हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सत्रु लाग्नेछन् भने तथा न्यायिक निर्णहरु तपाईँको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनु होला । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । स्वास्थ सम्बन्धी समस्या आउने हुँदा दैनिक कामकाज प्रभावित हुनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने हुनाले लगानि बढाउन केहि समय पर्ख र हेरको रणनीति अपनाउदा राम्रो हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आकस्मिक धन,सम्पती लाभ हुने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीचको मायाको गाठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरिले तपाईँको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतीमा मन रमाउनेछ । बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय 

प्रतिक्रिया