संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटन गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य भएको बताएका छन्।

मंगलबार सर्वोच्च अदालतबाट संसद पुनःस्थपनाको पक्षमा फैसला आएपछि सभापति देउवाले आफूले सुरुदेखि नै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनुपर्ने भन्दै आएको भन्दै अदालतको फैसला स्वागतयोग्य भएको बताएका हुन्।

‘संसद विघटनका विषयमा सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ। मैले सुरुदेखि नै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थिएँ‚’ फेसबुकमा सभापति देउवाले लेखेका छन्‚ ‘सोहीअनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने ऐतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ।’

संविधान कार्यान्वयनका क्रममा देखिने विवादहरू समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालत भएको भन्दै सभापति देउवाले संसद विघटन बदर गरेर अदालतले संवैधानिक दायित्त्व पूरा गरेको बताएका छन्।

उनले लेखेका छन्‚ ‘यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरूलाई पनि म धन्यवाद दिन चाहन्छु।’

प्रतिक्रिया