प्रतिनिधिसभा बैठक १३ दिनभित्र बाेलाउनुपर्ने

काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधिसभाको बैठक १३ दिनभित्र बोलाउन आदेश दिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई असंवैधानिक रहेकाले बदर गर्ने फैसला गर्दै फैसलाको १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र तेजबहादुर केसीले यस्तो फैसला गरेको हो ।

प्रतिक्रिया