सर्वोच्चमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । सर्वोच्च अदालतमा सुरक्षा सतर्कता बढाइएको छ । प्रतिनिधिसभा विघटन सम्बन्धि रिटहरुबारे फैसला गर्ने सम्भावना रहेका बेला मंगलबार बेलुकीपख सर्वोच्च परिसरमा सुरक्षा ब्यवस्था थप कडा बनाइएको हो ।

मंगलबार विहानैदेखि सुरक्षाकर्मीको उपस्थिती बाक्लो पारिएको सर्वोच्च परिसरमा बेलुका सुरक्षाकर्मी थपिएको हो ।

प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै परेका रिटमाथि बहस सकिएपछि संवैधानिक इजालसले मंगलबार यसलाई ‘हेर्दा हेर्दै’मा राखेको छ ।

सुनुवाई सकिएको दिन प्रधानन्यायाधीस चोलेन्द्र शमसेर जवराले मंगलबार हेर्दाहेर्दैमा राखिएको र फैसला जुन दिन पनि आउन सक्ने बताएका थिए ।

प्रतिक्रिया