चलचित्र ‘कालिपुरुष’ मा वर्षा अनुबन्धित

काठमाडौँ । नायिका वर्षा सिवाकोटी चलचित्र ‘कालिपुरुष’ मा अनुबन्धित भएकी छन् । केही हप्ताअघि चलचित्र ‘सुदूर’ छाडेकी उनले विना कार्कीको निर्माणमा बन्न लागेको चलचित्र कालिपुरुषमा साइन गरेकी हुन् ।

राघव आचार्यको निर्देशनमा तयार हुने चलचित्रमा मानकृष्ण महर्जनको छायाङ्कन रहनेछ । यो चलचित्रमा रमेश बानियाको समेत अभिनय रहनेछ ।

चलचित्रको अन्य टिम बिस्तारै फाइनल गर्दै लैजाने निर्माण पक्षले बताएको छ । चलचित्र सस्पेन्स थ्रिलर कथामा बन्नेछ । इभाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको छायाङ्कन फागुनको अन्तिम साताबाट सुरु हुनेछ ।

प्रतिक्रिया