शरच्चन्द्र वस्तीको ‘अर्को अर्थ नलागेमा’ मञ्चन हुने

काठमाडौँ । लेखक तथा भाषाविद् शरच्चन्द्र वस्तीद्धारा लिखित स्तम्भका लेखकहरू ‘अर्को अर्थ नलागेमा’  नाटकमा मञ्चन हुने भएको छ ।

वस्तीले एक पत्रिकामा लेखेका स्तम्भका  १० भन्दा बढी लेखहरू समेटेर नाटकमा देखाइने भएको छ । ‘अर्को अर्थ नलागेमा’ शीर्षक राखिएको नाटकलाई ‘ज्ञ’ का बिद्यार्थीहरुले निर्देशन गर्नेछन् । नाटकमा सुनिल पोखरेलको परिकल्पना तथा संयोजन रहने छ ।

‘ज्ञ’ का ३५ बढी बिद्यार्थीहरुको अभिनय रहने नाटक फागुन १८ गते देखि चैत्र ७ गतेसम्म अनामनगर स्थित मण्डला थिएटरमा मञ्चन हुनेछ । एक घण्टा ३०मिनेटको नाटक शनिवार भने दुई पटक मञ्चन हुने छ ।

प्रतिक्रिया