‘म त तिम्रो फ्यान’ गीत सार्वजनिक

काठमाडौं ।  ‘म त तिम्रो फ्यान’ बोलको गीत सार्वजनिक भएको छ । शान्ति श्री परियार र कुशल विश्वकर्माको स्वरमा रहेको यो गीत आइतबार युट्युबमार्फत् गीत सार्वजनिक भएको हो ।

प्रकाश रसाइलीको शब्द रहेको गीतमा सुरेश रमण अधिकारीले सङ्गीत भरेका छन् भने सङ्गीत संयोजन हेमन्त कान्छा रसाइलीको रहेको छ ।

भिडियोमा एस राज गराच, पवित्रा आचार्य, दिपा बिसी र प्रवेश सिंहको अभिनय रहेको छ । शिशिर खातीको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा सम्पादन भने रविन विकको रहेको छ । भिडियो छायाङ्कन भने विरेन्द्र भट्टको रहेको छ ।

प्रतिक्रिया