रिहा भएलगत्तै पक्राउ परे धमेन्द्र

काठमाडौं । विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएलगत्तै पुनः पक्राउ परेका छन् । बाँस्तोलालाई प्रहरीले सर्वोच्चकै गेटबाटै पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार सोमबार अपराह्न बाँस्तोलालाई पक्राउ गरी परिसर ल्याइएको हो । बाँस्तोला गत २३ माघमा ललितपुर र मकवानपुरको सिमानाबाट पक्राउ परेका थिए । उनलाई बिनाकारण थुनामा राखिएको भन्दै अनिमा बाँस्तोला भण्डारीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

बाँस्तोलालाई न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्ने आदेश दिएलगत्तै प्रहरीले पक्राउ गरेको हो ।
यो पनिः
धर्मेन्द्र बाँस्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश 

प्रतिक्रिया