धर्मेन्द्र बाँस्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोलालाई थुनामुक्त गर्न आदेश दिएको छ ।

सोमबार, न्यायाधीशहरु मीरा खड्का र सुष्मलता माथेमाको इजलासले बाँस्तोलालाई विना आधार केवल फरक मत राखेकै आधारमा थुनामा राखेको ठहर गर्दै आजै रजिस्टारको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको हो ।

इजलासले जारी गरेको संक्षिप्त आदेशमा पटक पटक पक्राउ परेका बाँस्तोलालाई पछिल्लोपटक जिल्ला अदालत काठमाडौं परिसरबाटै पक्राउ गरि हातहतियार तथा खरखजना मुद्दामा पहिलोपटक ५ दिन र दोश्रोपटक ७ दिन अनुसन्धानका लागि म्याद थप गरि हिरासतमा राखेको भएपनि त्यसको औचित्य पुष्टि हुन नसकि केवल फरक विचार र आस्थाका आधारमा पक्राउ गरेको देखिएकाले बन्दि प्रत्यक्षिकरणको आदेश मार्फत थुनामुक्त गर्न आदेश दिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया