सकियो चलचित्र ‘मन सँग मन’को छायांकन

काठमाडौँ । चलचित्र ‘मनसँग मन’ को छायांकन सकिएको छ । चलचित्रको अन्तिम गीत ‘सहिदिउँला तिम्रो लागि’ दोलखास्थित कालिञ्चोकमा छायाङ्कन गरिसकिएको जानकारी निर्माण टिमले दिएको छ ।

उक्त गीतमा पुष्प खड्का र वर्षा सिवाकोटी फिचर्ड छन् ।

चलचित्रमा पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धि तामाङ, रवीन्द्र झालगायतका कलाकारको अभिनय रहेको छ ।

कैलाश राईको निर्देशनमा बनेको चलचित्रमा अरुण तामाङको लगानी छ । अर्जुन जिसीको सम्पादन रहेको सिनेमामा सन्तोष खवासको एक्सन छ । चलचित्र चैत्र २७ गतेबाट प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया