४३ दिनमा ‘चुरीफुरी’ को इन्ड क्ल्याप

काठमाडौँ । चलचित्र ‘चुरीफुरी’ को छायाङ्कन सकिएको छ । गत पुसको अन्तिमबाट सुरु भएको छायाङ्कन ४३ दिनमा सकिएको निर्देशक ऋषिराज आचार्यले जानकारी दिए ।

अनमोल केसीको ‘डुप्लिकेट’ भनेर चिनिने मोडल अभिषेक श्रेष्ठ यस चलचित्रमा मुख्य भूमिकामा रहेका छन् ।

साथै नवकलाकार पुजा पन्त, सोना बज्राचार्य, रिन्जीन गुरुङ र राजीवजंग बस्नेतसमेत यही चलचित्रमार्फत् डेब्यु गरेका छन् । निर्देशक आचार्यकै लेखन,निर्माण र निर्देशन रहेको ‘चुरीफुरी’ नयाँ युवायुवतीका साथमा रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनिता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, सरिस्मा मगर, मनिल तामाङ, रश्मी आचार्यलगायतले अभिनय गरेका छन् ।

आरबी मुभीजको ब्यानरमा निर्देशक आचार्य स्वयम् र रिना ढकाल निर्माता रहेको फिल्मको सह निर्मातामा विमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् । राहुल राईले खिचेको चलचित्रमा भिमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला निर्देशन र दीपक शर्माको सङ्गीत छ । चलचित्रको सम्पादन नवीन निरौलाले गर्नेछन् ।

प्रतिक्रिया