बराबरीमा रोकियो बार्सिलोना

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार बार्सिलोनालाई काडिजले १-१ गोलमा रोकेको हो ।

खेलका दुवै गोल पेनाल्टीबाट भएका थिए । बार्सिलोनाका लागि लियोनेल मेसीले खेलको ३२औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

तर खेलको अन्तिम समयमा ८९औ मिनेट काडिजले पाएको पेनाल्टीलाई एलेक्स फेर्नानडेजले गोलमा परिणत गरेपछि बार्सिलोना बराबरीमा रोकिएको थियो ।

यो बराबरीपछि बार्सिलोनाले रियल म्याड्रिडसँगको अंक दुरीलाई कम गर्न असफल भएको छ । बार्सिलोनाको २३ खेलमा ४७ अंक भएको छ भने लिगमा तेस्रो स्थानमा रहेको छ ।

लिगमा शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडको २३ खेलमा ५५ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको २४ खेलमा ५२ अंक रहेको छ । त्यस्तै काडिजको २४ खेलमा २५ अंक रहेको छ भने लिगमा १४औ स्थानमा रहेको छ ।

प्रतिक्रिया