यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल फाल्गुन १० गते । सोमबार । ईश्वी सन् २०२१ फेब्रुवरी २२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि– दशमी,१९ घडी ४५ पला, दिउसो ०२ बजेर ३२ मिनेट उप्रान्त एकादशी । नक्षत्र–मृगशिरा,०५ घडी ०५ पला,बिहान ०८ बजेर ४२ मिनेट उप्रान्त आद्रा । योग– प्रिती,५२ घडी १५ पला,रातको ०३ बजेर ३१ मिनेट उप्रान्त आयुष्मान । करण– गर,दिउसो ०२ बजेर ३२ मिनेट उप्रान्त वणिज,रातको ०३ बजेर ०४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५८ मिनेट । दिनमान २८ घडी २३ पला । शल्य दशमी ।

आजको बार बेला ।
बिहान ०६ बजेर ३७ मिनेटसम्म .अमृत बेला ।
बिहान ६ बजेर ३८ मिनेटदेखी बिहान ८ बजेर ०३ मिनेटसम्म काल बेला ।
बिहान ८ बजेर ०४ मिनेटदेखी बिहान ९ बजेर २८ मिनेटसम्म शुभ बेला ।
बिहान ०९ बजेर २९ मिनेटदेखी बिहान १० बजेर ५३ मिनेटसम्म रोग बेला ।
बिहान १० बजेर ५४ मिनेटदेखी मध्यान्ह १२ बजेर १८ मिनेटसम्म उद्वेग बेला ।
मध्यान्ह १२ बजेर १९ मिनेटदेखी दिउसो १ बजेर ४३ मिनेटसम्म चर बेला ।
दिउसो १ बजेर ४४ मिनेटदेखी दिउसो ३ बजेर ०८ मिनेटसम्म लाभ बेला ।
दिउसो ३ बजेर ०९ मिनेटदेखी बेलुकी ४ बजेर ३४ मिनेटसम्म अमृत बेला ।
बेलुकी ४ बजेर ३५ मिनेटदेखी बेलुकी ७ बजेर ३४ मिनेटसम्म चर बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ०८ बजेर ०२ मिनेटदेखी बिहान ०९ बजेर २७ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा आउने नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरु हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । थोरै स्रोत साधनले ठूलो आवश्यकता पूरा हुनेछ । साथीभाइ तथा दाजुभाईसँग मिलेर गरिने काम फस्टाएर जानेछ । विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मनको डर उत्साहमा रूपान्तरित गरि देखिने काम गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र कुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ भने पारिवारिक माहोलामा जमघट भई मिष्ठान्न भोजन गर्न सकिनेछ । नोकरिमा स्थानान्तरण वा बढुवा हुने योग रहेकोछ । अध्ययनमा मन जाने तथा प्रविधिको सहयोग लिदै निरन्तरता दिन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) तपाईँको चुम्बकिय ब्यात्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुनेछन् । पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जागर बढेर आउनेछ । सहयोगिहरुबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । राजनीति तथा सामाजिक काममा जनताको समर्थन प्राप्त हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय मध्ययम रहेकोले सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने योग रहेकोछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । ठूलो योजनहरु केहि समयको लागी थाती राख्नुनै उचित हुनेछ । काम वा अध्ययनको सवालमा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ भने खर्च पनि बढ्ने योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन तथा अध्यापनमा रुची बढ्नेछ । व्यापार व्यावसायमा समय दिनुहोला मनग्गे रुपैया पैसा कमाउने समय रहेको छ । माया प्रममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवनमा सामान्य बिवाद सिर्जना हुनेछ । रमाईलो वातावरणमा दिन बित्ने तथा अरुकै प्रायोजनमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । चिठ्ठा तथा उपाहार प्राप्तिको योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) तपाईँबाट राम्रा काम हुनाले पिता, परिवार वा वंशकै मानसम्मान,ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । सन्तानले उन्नति र प्रगति गर्नेछन् । दृढ इच्छाशक्तिका कारण शरीरमा उत्साह र ऊर्जा भरिपूर्ण हुनेछ । गरेको कर्ममा भाग्य तथा समयले साथ दिनेछ । कार्यक्षेत्र र बन्दव्यापारको क्षेत्रमा पनि वर्चस्व स्थापना हुने समय हो । सामाजिक गतिविधि, परोपकारी काम र दान धर्ममा समय व्यातित हुनेछ । धार्मिक र सांस्कृतिक महत्वको क्षेत्रमा भ्रमण हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्यात्म र दर्शनप्रति मन आकर्षित हुनेछ । प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजन र अग्रजको आशीर्वाद प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक,सांस्कृतिक गती वीधिमा सामेल हुने अवसर जुर्नेछ । सामाजिक क्षेत्रमा सक्रियता बढाई राम्रा काम गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) घरपरिवारमा मानसिक तनाव, व्यापारमा घाटा, अध्ययनमा अनावश्यक बाधा अवरोध र काममा अपजस व्यहोर्नु पर्ने समय रहेकोछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला,यात्रा घातक बन्न सक्छ । सामाजिक र परोपकारका क्षेत्रमा काम गर्न खोज्दा अवरोध हुनेछ । स्वास्थ्यप्रती समेत सचेत रहनु होला । अनावश्यक यात्रा नगर्नु नै आजको लागी राम्रो रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय मध्ययम रहेकोले अनावश्यक काममा अलमल हुनेछ । खानपान, मानोरञ्जन तथा बिलाशी वस्तुको सोखले खर्च बढ्ने योग रहेकोछ । आफन्तलाई दिईएको वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ । सम्बन्ध अनुकूल बनाइराख्न हम्मे हम्मे पर्नेछ । तरपनि समस्या दर्साउदा आफन्त तथा शुभचिन्तकले साथ दिनेछन । आज गरिने मिहिनेत पछीका लागी लाभ दाएक हुनेछ । खानपानमा तथा वाहिरी वातावरणको ध्यान दिनुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नोकरी तथा राजनीतिमा गरिने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै चाहेको गन्तव्यमा पुग्न सकिनेछ । पढाइ लेखाइमा एक कदम अगाडी बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ भने थाति रहेका कामहरुलाई गती दिन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरु एक अर्कालाई बिस्वास गरि अगाडी बढ्न सक्नेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय राम्रो रहेकोले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । चिन्तन र उपायले काम गर्न सकिनेछ । व्यावसायबाट नाँफा कमाउन सकिने तथा आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । समाजमा राम्र काम गर्न सकिने हुनाले मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् भने प्रेम र प्रणयतर्फ मन आकर्षण हुनेछ । प्रतियोगिता र प्रतिस्पर्धामा विजय हुने योग रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम भने थाती रहनेछ । आमा तथा आफन्तसँग छुट्टिनु पर्दा मन खिन्न हुनेछ । पढाइ लेखाइमा मन नजाने हुँदा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ । तरपनि कृषि,पशुपालन तथा सहकारी क्षेत्रमा समय लगानि गरि मनग्गे आम्दानी हुनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय 

प्रतिक्रिया