‘वरदान’ मा दया र नम्रता

काठमाडौँ । दीपेन्द्र लामाको निर्देशनमा लघुचलचित्र ‘वरदान’ बनेको छ । चलचित्रमा दयाहाङ राई र नम्रता श्रेष्ठको अभिनय रहेको छ ।

दीपेन्द्रकै लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको कथा रहेको छ ।

चलचित्रमा विविध कारणले आत्महत्याको प्रयास गर्न बाध्य पारिएकी एक नारीको कथालाई उठान गरिएको छ ।

२० मिनेट लामो चलचित्रमा दया र नम्रताका साथमा प्रवीण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ, कृष्णभक्त महर्जनको अभिनय रहेको छ । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, शैलेस श्रेष्ठको सङ्गीत छ ।

केही समयमा नै चलचित्र युट्युबमार्फत सार्वजनिक हुने बताइएको छ ।

प्रतिक्रिया