तीन नयाँ खेलाडीसहित भारतीय टिम घोषणा

एजेन्सी । इंग्ल्याण्डसँगको ट्वेन्टी ट्वेन्टी क्रिकेट शृँखलाका लागि भारतीय टिम घोषणा भएको छ ।

१९ सदस्यीय टिममा तीनजना नयाँ खेलाडी पनि अटाएका छन् । ब्याट्सम्यान सूर्यकुमार यादव, विकेटकिपर ब्याट्सम्यान इशान किसन र अलराउण्डर राहुल तेवाटिया पहिलो पटक ट्वेन्टी ट्वेन्टी राष्ट्रिय टिममा परेका छन् ।

यस्तै अस्ट्रेलिया भ्रमणमा सिमित ओभरमा खेल्न नपाएका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले पनि स्थान सुरक्षित गरेका छन् । यसैगरि चोटमुक्त भएका रोहित शर्माले पनि कमब्याक गरेका बीसीसीआईले जनाएको छ ।

घाइते भएपछि अस्ट्रेलिया शृँखला गुमाएका बरुण चक्रवर्ती पनि टिममा फर्किएका छन् । चोटमुक्त भएका भुवनेश्वर कुमारले पनि यो शृँखला खेल्नेछन् । भारत र इंग्ल्याण्डबीचको ट्वेन्टी ट्वेन्टी शृँखला, खेल्न बाँकी रहेका दुई टेस्ट क्रिकेटपछि शुरु हुने छ । पाँच वटै खेल अहमदावादमा हुनेछन् ।

ट्वेन्टी ट्वेन्टीका लागि भारतीय टिम
विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), केएल राहुल, शिखर धवन, श्रेयस अय्यर, सूर्यकुमार यादव, हार्दिक पांड्या, ऋषभ पंत (विकेटकीपर), इशान किशन (विकेटकीपर) युजवेंद्र चहल, वरुण चक्रवर्ती, अक्षर पटेल, वाशिंगटन सुंदर, राहुल तेवटिया, टी नटराजन, भुवनेश्वर कुमार, दीपक चहर, नवदीप सैनी र शार्दुल ठाकुर ।

प्रतिक्रिया