गणतन्त्रलाई गाइजात्रा बनाए : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दल नेकपाले गणतन्त्रलाई गाइजात्रा बनाएको आरोप लगाएका छन् । आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनीप्रति प्रतिक्रिया दिँदै यस्तो आरोप लगाएका हुन् ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयपछि देशमा देखिएका अस्वभाविक राजनीतिक गतिविधिबारे चर्चा गर्दै थापाले गणतन्त्रलाई गाईजात्राको संज्ञा दिएका हुन् ।

थापा र उनको पार्टी राप्रपाले गणतन्त्रको सट्टा संवैधानिक राजतन्त्रात्मक व्यवस्था कायम हुनुपर्ने माग गर्दै आएको छ ।

प्रतिक्रिया