लिभरपुलमाथि एभर्टनको शानदार जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले लिभरपुलमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा एभर्टनले लिभरपुललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

एभर्टनको जितमा रिचार्लिसन र गिल्फी सिगुर्डसनले एक एक गोल गरेका थिए । एभर्टनले करिब २२ बर्षपछि लिभरपुलको घरेलु मैदान एनफिल्डमा यो जित हासिल गरेको हो ।

यो जितपछि एभर्टनको २४ खेलमा ४० अंक भएको छ भने लिगमा सातौं स्थानमा रहेको छ । त्यस्तै हारपछि लिभरपुलको २५ खेलमा ४० अंक रहेको छ र लिगमा छैठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया