एट्लेटिको स्तब्ध, रियल मड्रिडको कठिन जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड पराजित हुँदा दोस्रो स्थानमा रहेको रियल मड्रिडले कठिन जित हात पारेको छ । एट्लेटिको मड्रिड लेभान्टेसँग २-० ले पराजित हुँदा रियल मड्रिडले भाल्लाडोलिडमाथि १-० को जित हात पारेको हो ।

लेभान्टेको जितमा जोर्ज डी फ्रुटोसले एक गोल गरे भने एक गोल एटलेटिकोका मारिओ हेर्मोसले आत्मघाती गोल गरेका थिए । यो हारपछि पनि एट्लेटिको म्याड्रिड ला लिगाको शीर्ष स्थानमा कायम रहेको छ ।

एट्लेटिको २३ खेलमा ५५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने लेभान्टे यो जितपछि २४ खेलमा ३१ अंक हासिल गर्दै लिगमा आठौ स्थानमा उक्लिएको छ ।यस्तै रियल म्याड्रिडको जितमा खेलको ६५ औं मिनेटमा कासामिरोले गरेको खेलको एक मात्र गोल नै निर्णायक भएको थियो । यो जितपछि रियल म्याड्रिडले शीर्ष स्थानमा रहेको एटलेटिकोको अन्तर कम गरेको छ ।

गएराती भएको खेलमा एटलेटिको पराजित भएपछि एट्लेटिको २३ खेलमा ५५ अंक छ भने रियल म्याड्रिडको २४ खेलमा ५२ अंक रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको बार्सिलोनाको २२ खेलमा ४६ अंक रहेको छ । त्यसैगरी रियल भाल्लाडोलिडको भने २४ खेलमा केवल १९ अंक रहेको छ र लिगमा १९औं स्थानमा रहेको छ ।

प्रतिक्रिया