झलनाथ खनाल स्वदेश फर्किए मकालु खबर शनिबार, फागुन ८, २०७७ १६:४५ मा प्रकाशित |भारतबाट फर्किएका नेता झलनाथ खनाल। तस्वीरः विष्णु रिजाल| काठमाडौँ । विपक्षी नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वदेश फर्किएका छन् । उपचारका लागि गत ३० माघमा भारत गएका नेता खनाल शनिबार स्वदेश फर्किएका हुन् । नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार नेता खनालले सफल उपचार गराएर स्वदेश फर्किएका हुन् ।