शनिबार कुन प्रदेशको मौसम कस्तो ?
काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।
- यस्ताे छ तीन दिनको पूर्वानुमान
फाल्गुन ०८ गते (शनिवार)
दिउँसो : प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती: प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
फाल्गुन ०९ गते (आइतवार)
दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी क्षेत्रहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
फाल्गुन १० गते (सोमवार)
दिउँसो : देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको हुँदा यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन सम्बन्धित सबैमा अनुरोध छ ।