बृहत् नागरिक आन्दोलनको टुँडिखेल मार्च सुरु
२०७७ फागुन ७ गते

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध गरिएको बृहत् नागरिक आन्दोलनअन्तर्गत टुँडिखेल मार्च शुरू भएको छ।
रत्नपार्कबाट पश्चिम गेट हुँदै टुँडिखेलमा पुगेर नागरिक घोषणा सभा गर्ने र त्यही सभाबाट घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको आयोजकहरूले जनाएका छन्।
रत्नपार्कबाट शुरू भएको र्याली भद्रकाली, शहीद गेट हुँदै पश्चिमतर्फबाट टुँडिखेल प्रवेश गर्ने बताइएको छ।
प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक अगुवाहरूले आन्दोलनका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्।
२०७७ फागुन ७ गते
प्रतिक्रिया
सम्बन्धित








