सकियो ‘कौसीद’ को छायाङ्कन 

काठमाडौँ । चलचित्र ‘कौसीद’ को छायाङ्कन सकिएको छ । निर्माण टिमले केक काटेर चलचित्रको छायाङ्कन सकिएको घोषणा गरेको हो । चलचित्रको टिम बिच सामान्य सेलिब्रेसन गर्दै एक्काइस दिनमा छायाङ्कन सफलता पूर्वक सकिएको घोषणा गरेका हुन्  । काठमाडौँका विभिन्न ठाउँमा छायाङ्कन गरिएको चलचित्रको मुख्य भूमिकामा ऋचा शर्मा र भोलाराज सापकोटाको अभिनय रहेको छ  । चलचित्र निर्देशन कुमार भास्करले गरेका छन् भने लगानी तथा कथा केदार भुसालको छ ।

अन्य कलाकारमा परीक्षित विक्रम राणा, निरञ्जन श्रेष्ठ, रूपेश दाहाल, निर्भीक भट्टराई, सदीक्षा गौतम, सन्दीप, लोहनी, विजय सुब्बा, कमल मण्डललगायतका छन् । चलचित्रको छायाङ्कन निशल पौडेल गरेका हुन् । प्रवेशराज पङ्गेनीको अवधारणामा सुरु गरिएको चलचित्र ‘कौसीद’लाई सम्पादन मित्र डी गुरुङले गर्नेछन् । चलचित्रमा विजयप्रकाश श्रेष्ठ तथा धिरज थपलियाले पटकथा  लेखेका छन् । लक्ष्मण बानियाँ सह–निर्माताको रूपमा रहेका छन् ।

प्रतिक्रिया