अशोक लेलैण्डका बसको च्यासिस हस्तान्तरण

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालितआइएमई मोटर्स प्रालिद्धारा प्रवर्द्धित अशोक लेलैण्डले काठमाडौंमा एक कार्यक्रम गरी विकिङ २२२ मोडल बसका ग्राहकलाई च्यासिस हस्तान्तरण गरेको छ । व्यावसायिक भ्रमणका लागि नेपाल आएका प्रेसिडेन्ट इन्टरनेसनल अपरेशन संजय सारस्वतर सार्क राष्ट्रका रिजनल म्यानेजर तन्मय मित्रबाट संयूक्त रूपमा च्यासिस हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रेसिडेन्ट संजय सारस्वतले १० वटा बस एकै साथ हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाउनु कम्पनीका लागि अर्को महत्वपूर्ण प्रगती भएको बताए । नेपालमा विकिङ २२२ मोडलका बसलाई अझ बढी प्रबर्द्धन गर्न उनले ग्राहकहरुसँग अनुरोधसमेत गरे ।

कम्पनीका अनुसार यो मोडलका बस रुटमा चल्ने मध्ये सबैभन्दा धेरै रुचाइएको बस हो । यसमा इनलाईन फ्युलपम्प हुनुका साथै एचसिरिज इन्जिन रहेको छ । यसले इन्धन कम खपत हुन्छ । साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ । यसमा ओभर ड्राईभ गियर बक्सले काम गर्ने भएकोले १८० एचपी इन्जिनको साथमा द्रुतगतिको आरामदायी यात्रा गर्न सकिन्छ । रियर एर सस्पेन्शन, डाईरेक्ट ड्राइभ एसी, इनलाईन फ्युलपम्प साथै धेरै माइलेजले गर्दा यो गाडी अरु गाडीभन्दा फरक र बिश्वासिलो रहेको कम्पनीको दाबी छ ।

नेपालमा हरेक लामो दूरी रुटमा विकिङ गाडी चल्दै आएको र अत्याधिक मागअनुसार कम्पनीले विशेष सर्भिस पनि दिँदै आएको जनाएको छ । यस कम्पीका १३ ओटा सर्भिस नेटवर्कबाट सर्भिस लिन सकिने हुँदा सजिलै पार्टस र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया