अवहेलना मुद्दा : प्रधानमन्त्री ओली लिखित जवाफसहित सर्वोच्चमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अवहेलना मुद्दामा लिखित जवाफसहित सर्वोच्च अदालत पुगेका छन्। अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री ओली लिखित जवाफसहित बिहान पौने १२ बजे आफैं अदालत पुगेका हुन्।

प्रधानमन्त्री अदालत पुगेपछि त्यहाँको सुरक्षा व्यवस्था चुस्त राखिएको छ। प्रधानमन्त्री ओली अदालतमा लिखित जवाफ पेश गरेपछि फर्कनेछन्।

कानुन व्यवसायीहरूलाई इजलासमा जानसमेत रोकिएको छ।

प्रधानमन्त्री ओलीले आफ्नो लिखित जवाफ सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीलाई बुझाएका छन्।

गत माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरूद्ध अवपहेलनाको मुद्दा पेश गरेका थिए।

संवैधानिक इजलासमा विचाराधीन रहेको मुद्दामा विवादास्पद अभिव्यक्ति दिएको र अधिवक्ताहरूलाई अमर्यादित भाषा प्रयोग गरेको भन्दै अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि अवहेलनाको मुद्दा दर्ता गराएका थिए।

प्रधानमन्त्री ‌ओलीले गत माघ ९ गते कार्की ब्यांक्वेटमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे ‘एकजना बाजे वकिललाई समेत तमासा देखाउन लिएर गएछन्’ भन्ने टिप्पणी गरेका थिए।

प्रतिक्रिया