सर्वोच्च जाँदै प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ दिन सर्वोच्च अदालत जाँदैछन् । प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली ११ बजेपछि लिखित जवाफ बोकेर सर्वोच्च जाने कार्यक्रम छ ।

अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए ।

ओली विरुद्धको अवहेलना मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश डा. मनोज कुमार शर्माको एकल इजलासले गत माघ १५ गते लिखित जवाफ आफैँ पेस गर्न आदेश दिएको थियो । ओलीले उक्त मुद्दामा गत आइतबार म्याद बुझेका थिए । म्याद बुझेको सात दिनभित्र लिखित जवाफ दिनुपर्ने व्यवस्थाअनुसार उनी जवाफ लिएर अदालत जान लागेका हुन् ।

प्रतिक्रिया