कांग्रेस केन्द्रीय समिति बैठक आज पनि

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले बुधबारको बैठकबाट १४ औं महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेको थियो । विधानअनुसार काँग्रेसको वर्तमान कार्यसमितिको पदावधि सकिनै लागेपछि बुधवार केन्द्रीय समिति डाकेर काँग्रेसले यसबारे छलफल चलाएको हो ।

चार वर्ष कार्यकाल रहेको कार्यसमितिको म्याद यसअघि एक वर्ष थप भइसकेको छ । संवैधानिक प्रावधान अनुसार नै थप ६ महिना बढाउने सक्ने व्यवस्थालाई टेकेर केन्द्रीय समितिमा उक्त प्रस्ताव पेस भएको हो । महाधिवेशन आउँदो भदौ ७ देखि १० सम्म गर्ने प्रस्ताव गरिएको छ ।

आजको बैठकमा संसद विघटनविरुद्धको आन्दोलनका विषयमा पनि छलफल हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसविरुद्ध प्रमुख शहरहरुमा ठूला सभा आयोजना गर्नुपर्ने आवाज पार्टीभित्र उठीरहँदा सभापति शेरबहादुर देउवा भने निर्वाचनमा जाने मनस्थितिमा देखिएका छन् ।

प्रतिक्रिया