बराबरीमा रोकियो एट्लेटिको म्याड्रिड

काठमाडौँ । स्पेनिस प्रिमियर लिग अन्तर्गत एटलेटिको म्याड्रिड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिड लेभान्टेसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

लेभान्टेका लागि एनिस बार्धिले खेलको १७औं मिनेटमा शुरुवाती गोल गरेका थिए भने खेलको ३७औं मिनेटमा मार्कोस लिओरेन्टेले एटलेटिकोका लागि गोल फर्काउदै खेल बराबरी गरेका थिए ।

यो बराबरीपछि एटलेटिको २२ खेलमा ५५ अंकका साथ शीर्ष स्थानमा कायमै रहेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको २३ खेलमा ४९ र तेस्रो स्थानमा रहेको बार्सिलोनाको २२ खेलमा ४६ अंक रहेको छ ।

त्यसैगरी लेभान्टेको २३ खेलमा २८ अंक बह्येको छ र लिगमा ११औ स्थानमा रहेको छ ।

प्रतिक्रिया