संसद विघटनविरुद्ध जसपाले प्रदर्शन गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारको संसद विघटनको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन तथा विरोधसभा गर्ने भएको छ।

बुधबार काठमाडौंमा बसेको पार्टी पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटनलाई प्रतिगमनकारी कदम भन्दै संघर्षका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको जसपाका सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।

जसपा निकट भ्रातृ तथा जनसंगठनहरू र काठमाडौं उपत्यकाका तीनवटै जिल्ला कमिटीले ९ फागुनमा रत्नपार्कमा संयुक्त प्रदर्शन र विरोधसभा गर्ने भएको हो।

फागुन ९ मा जसपाले सबै महानगर, उपमहानगर, नगर र गाउँपालिकामा जनप्रदर्शन र विरोध सभा गर्ने निर्णय गरेको छ।

जसपाले पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको निरन्तर विरोध जनाउँदै आएको छ।

प्रतिक्रिया