नेकपा चितवनको अध्यक्षमा रावल, सचिवमा खनाल

चितवन । नेपाल कम्युनिस्ट पार्टी नेकपा चितवनको अध्यक्षमा पार्वती रावल र सचिवमा प्रकाश खनाल चयन भएका छन्।

बुधबार नेकपा चितवनको भरतपुरमा बसेको बैठकले यसअघिका अध्यक्ष र सचिवलाई जिम्मेवारीमुक्त गरी रावल र खनाललाई सो जिम्मेवारी दिएको हो।

नेकपा प्रदेश कमिटी अध्यक्ष आनन्द पोख्रेल तथा प्रदेश सह-इन्चार्ज काशीनाथ अधिकारीसहितको उपस्थितिमा भएको सो बैठकले जिम्मेवारी प्रदान गरेको नेकपा प्रदेश कमिटी सह-इन्चार्ज काशीनाथ अधिकारीले जानकारी दिए।

साथै नेकपाका केन्द्रीय सदस्य हरि सापकोटालाई पार्टीको चितवन जिल्ला इन्चार्जको जिम्मेवारी दिन प्रदेश कमिटीको बैठकले सिफारिस गरेको पनि अधिकारीले जानकारी दिए।

प्रतिक्रिया