विजय परियारको ‘ल है कान्छी’ सार्वजनिक

विजय परियारद्वारा निर्देशित गीत ‘ल है कान्छी’ सार्वजनिक भएको छ। गीतमा सविन मगरको स्वर‚ शब्द‚ सङ्गीत रहेको छ।

गाउँले परिवेश र पात्रहरू राखेर  भिडियो तयार गरिएको छ। गरिबीको कारण घरपरिवार र प्रेम छाडेर विदेसिनुको बाध्यता प्रस्तुत गरेको भिडियोमा कलाकारहरूको जीवन्त अभिनय छ। पात्रको लवाइखुवाइ र परिवेशले गीतलाई न्याय प्रदान गरेको छ।

सहायक निर्देशकको रूपमा रोशन अर्याल रहेका छन् भने भिडियो कन्सेप्ट प्रणव अर्यालको रहेको छ। रोशनी कार्की, रिनेक्स बस्नेत र बिपना बस्नेतको भिडियोमा अभिनय रहेको छ। उज्जलको छायाङ्कन रहेको भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन्।

प्रतिक्रिया