जीवन र लक्ष्मीको ‘तिम्रै नाम’ सार्वजनिक

काठमाडौँ । अर्जुन राना मगरको स्वरमा ‘तिम्रै नाम’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा भानु ओलीको शब्द तथा अनिल फाँगोको संगीत रहेको छ।

भिडियोमा लक्ष्मी बर्देवा, जीवन भट्टराई र बाल कलाकार सुमित अधिकारी साथै रिया हमालको अभिनय रहेको छ। दुई बाल्यकालीन साथीबीचको सम्बन्धको कथालाई यस गीतमा प्रस्तुत गरिएको छ।

लक्ष्मी र जीवनकै निर्देशनमा तयार भएको भिडियोमा बुद्ध थापाको छायाङ्कन रहेको छ। यसमा सागर दहालले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन् भने सम्पादन विष्णु खड्काले गरेका छन्।

प्रतिक्रिया