पत्रकार महासङ्घको २६ औं महाधिवेशन आज

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशन आज काठमाडौमा सुरू हुँदैछ । महाधिवेशनको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ९ बजे उपराष्ट्रपती नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम छ ।

कोभिड १९ का कारण विधानको संक्रमणकालीन व्यवस्था अनुसार सिमित उपस्थितिमा महाधिवेशन गर्न लागिएको महासङ्घले जनाएको छ । महाधिवेशनमा जिल्ला, प्रतिष्ठान तथा एसोसिएटका अध्यक्षहरू, प्रदेश समितिका पदाधिकारीहरू, केन्द्रीय समितिका सदस्यसहित र निवर्तमान केन्द्रीय समितीका सबै सदस्य र पदाधिकारी, सम्पूर्ण पूर्व अध्यक्ष तथा सभापति, प्रेस सम्बद्ध विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधि र १५ जना वरिष्ठ पत्रकारको सहभागिता रहने महासङ्घका महासचिव रमेश बिष्टले जानकारी दिए ।

आजै हुने बन्द सत्रमा महाचिव बिष्टले साङ्गगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष राजेश मिश्रले कोषाध्यक्षको प्रतिवेदन पेश गर्नेछ्न । यस्तै, महाधिवेशनले आगामी कार्यसमितीको रणनितीक योजना समेत पारित गर्नेछ । महधिवेशनले नयाँ नेतृत्व भने चयन गर्ने छैन ।

यसपटकदेखि महासङ्घका सबै सदस्यले मतदान गर्न पाउने भएकाले एकै दिन जिल्ला, प्रदेश र केन्द्रीय समितीको चुनाव हुनेछ । केन्द्रीय महाधिवेशन सकिएको ३० दिनभित्र निर्वाचनको मिति घोषणा गर्ने कानूनी प्रावधान छ ।

प्रतिक्रिया