मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

पत्रकार महिला आवास गृह उद्घाटन

काठमाडाैँ । नेपाल पत्रकार महासंघको कार्यालय परिसरमा रहेको पत्रकार महिला आवास गृहको उद्घाटन गरिएकाे छ । नेपाल पत्रकार महासंघ महिला समितिको समन्वयमा व्यवस्थापन गरिएको आवास गृहको नेपाल पत्रकार महासंघकी पहिलो महिला उपाध्यक्ष राधा बुढाथोकीले  उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकार महिलाका हक अधिकारका लागि महासंघ प्रतिबद्ध रहेको बताइन् ।

भवन उद्घाटन गर्दै बुढाथोेकीले देशमा महिला पत्रकारको संख्या बढेपनि गुणात्मक रुपमा क्षमता वृद्धिको लागि पत्रकारहरुको संस्था लाग्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका महिला समिति संयोजक लक्ष्मी पुनले आवास गृहको सुरुवात गरेको र यसको क्षमता विस्तारमा अझ ध्यान दिँदै जाने बताइन् । उनले अहिले तत्कालका लागि १ वटा मातृत्व कक्षसहित १० जना पत्रकार महिला अट्ने क्षमता रहेको बताइन् ।

नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालय परिसरमा यसअघि पुरुष आवास गृह रहेकोमा अहिले महिला आवास गृहको शुरुवात गरिएको हो । हाल पुरुष आवास गृहमा बस्ने पुरुष पत्रकारले एक दिनको १ सय रुपैयाँ र पत्रकार महिलाले ५० रुपँया रजिष्ट्रेशन गर्ने व्यवस्था गरिएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

प्रतिकृयाहरु
Loading...