प्रतिबद्धता पत्र बनाउन दाहाल–नेपाल समूहले बनायो कार्यदल

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले प्रतिबद्धता पत्र बनाउन कार्यदल बनाएको छ । यो समूहले आफ्ना नागरिकलाई विश्वास दिलाउन प्रतिबद्धता पत्र बनाउन लागेको समूहका नेता लीलामणि पोखरेलले मकालु खबरलाई जानकारी दिए ।

संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठको संयोजकत्वमा प्रतिबद्धता पत्र लेख्ने कार्यदल बनेको नेता पोखरेलले जानकारी दिएका छन् । ‘कार्यदल बनेको छ’, नेता पोखरेलले भनेका छन्, ‘प्रतिबद्धता पत्रमा जनताले सहजै विश्वास गर्न सक्ने र वास्तविक कुराहरु त्यसमा अटाउनेछन् ।’

गत माघ २६ मा बसेको संघर्ष समितिको बैठकले श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

प्रतिबद्धता पत्रको मस्यौदा तयार गर्न बनेको कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, जनार्दन शर्मा, वर्षमान पुन, लीलामणि पोखरेल, वेदुराम भुसाललगायतका नेताहरु छन् ।

प्रतिक्रिया