सपना राेकालाई धम्की दिने विनयजंग बस्नेत पक्राउ

काठमाडौं । बेवारिसे शव व्यवस्थापकका रुपमा चिनिएका विनयजंग बस्नेत पक्राउ परेका छन् । विनयलाई मंगलबार साँझ गोंगबु, नयाँ बसपार्कबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले मकालु खबरलाई जानकारी दिए ।

एससपी सिंहका अनुसार बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले धम्की तथा आफूविरुद्ध अश्लिल अभिव्यक्ति दिएको भन्दै दिएकाे जोहरीका आधारमा विनयलाई पक्राउ गरिएको हो ।

लकडाउनकाे समय सँगै बेवारिसे शवकाे व्यवस्थापनमा खटिएका विनय र सपनाबीचकाे सम्बन्धमा पछिल्लाे समय तिक्तता छाएकाे थियाे । विनयले सपनाबारे युट्युबरसँग नराम्रा टिप्पणी गरेका थिए । उनले एक युट्युब अन्तर्वार्तामा सपनाको अश्लिल फोटो देखाउने र मार्नेसम्मकाे धम्की दिएका थिए ।

प्रतिक्रिया