आचार्यलाई कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कार

काठमाडौं । पत्रकार डा. सुरेश आचार्य कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका छन् । नेपाल पत्रकार महासंघले बर्षेनी वितरण गर्ने १ लाख राशीको कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कारबाट यसपटक पत्रकार आचार्यलाई सम्मान गर्ने निर्णय गरिएको पुरस्कार छनौट समितिका संयोजक दिलिप थापामगरले जानकारी दिए । आचार्य पत्रकार महासंघका पुर्व अध्यक्ष पनि हुन् ।

यस्तै, यसबर्षको गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका समाचार प्रस्तोता पुष्पहरी क्याम्पा राई पुरस्कृत हुने भएका छन् । पुरस्कारको राशी ५० हजार रुपैया छ ।

 

यसैगरि, यसबर्षको कृष्ण सेन इच्छुक राष्ट्रिय पत्रकारिता पुरस्कार विनोद पहाडीलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी पनि ५० हजार रुपैया नै छ ।

यसैगरि, उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कारबाट शिल्पा कर्ण र मन्दिरा थापालाई सम्मान गरिने भएको छ । यस्तै, गौरी कठायत स्मृति पत्रकारिता पुरस्कारबाट रामभटन साह र मुना हमाललाई सम्मान गरिने भएको छ ।

यी दुबै पुरस्कारको राशी १०–१० हजार रुपैया रहेको पत्रकार महासंघका कोषाध्यक्ष राजेश मिश्रले जानकारी दिए ।

सबै पुरस्कार भोली (बुधबार) हुने पत्रकार महासंघको केन्द्रिय अधिवेशनमा वितरण गरिने छ ।

प्रतिक्रिया