वसन्त श्रवण गर्दै राष्ट्रपति [तस्बिरहरू]

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बसन्त पञ्चमीका अवसरमा मंगलबार बिहान हनुमानढोकामा बसन्त श्रवण गर्न गएकी छन् ।

हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित एक समारोहमा राष्ट्रपतिलाई हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गर्नुका साथै मंगलधुन बजाएको थियो ।

परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ ।

सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नी सापकोटालगायतले बसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गरेका थिए ।

प्रतिक्रिया