‘क्यारेङ ग्याङ ३’ को छायाङ्कन अन्तिम चरणमा

काठमाडौं । क्यारेङ ग्याङ १ र २ को सफलता पछि एसएन डिजिटलको प्रस्तुतिमा चलचित्र ‘क्यारेङ ग्याङ ३’ निर्माण भइरहेको छ ।

राजु लामाको लेखन, निर्देशन रहेको चलचित्रमा करिना कक्षपति, नारायण घिमिरे, श्याम राई, मान बहादुर थापा, मोहन अभिलाषी, रत्नमान लामा, सुवास सिलवाल, सरस्वती घिमिरे आदि कलाकार रहेका छन् ।

छायाङ्कनको अन्तिम चरणमा रहेको ‘क्यारेङ ग्याङ ३’ मा सङ्गीत मनोज चौलगाई, शब्द हस्त गौतम, बिबी थापा, प्रमोद ढुङ्गाना, गायनमा लिजा लामा, कौशलराज खड्का, रूपक डोटेल, प्रताप दास, सानु खतिवडा रहेका छन् ।

समसामयिक विषयवस्तुमा आधारित चलचित्रका निर्मातामा लिजा लामा र ललिता लामा रहेका छन् ।

प्रतिक्रिया