‘पर्पला’ बाट निखिलाको डेब्यु

काठमाडौं । बेली डान्सर तथा मोडल निखिला चपागाइँले नेपाली चलचित्रमा डेब्यू गरेकी छन् । हलिउड प्राविधिक र नेपाली चलचित्रकर्मीको सहकार्यमा निर्माण भएको चलचित्र ‘पर्पला’ मार्फत् उनले डेब्यु गरेकी हुन् ।

फिल्मको सम्पूर्ण छायाङ्कन सकिएको निर्माण पक्षले जानकारी दिएको छ । फेसन शोहरुमा काम गरेकी निखिलाले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । झापाबाट पाँच वर्षअघि अस्ट्रेलिया पुगेकी निखिला अन्य दुई फिल्मको स्क्रिप्ट पढिरहेको बताउँछिन् ।

आरकेएस अस्ट्रेलिया, ओएमजी इन्टरटेनमेन्ट र ग्रिन हिल्स इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको ‘पर्पला’को प्रस्तुतकर्ता भानु प्रताप ढकाल हुन् ।

चलचित्रमा रवीन्द्रकुमार शर्मा, डम्बरबहादुर रसाइली र छवि अधिकारीको निर्माण तथा सह–निर्मातामा सिर्जना लुहागुन, सरस्वती गौतम र भीमबहादुर रसाइली रहेका छन् । निखिलाका अवाला पुकार गौतम, रोजी पन्त, ओग्ला तामाङ, योगेश घिमिरे, प्रेक्षा अधिकारीलगायतको अभिनय चलचित्रमा रहेको छ । चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्दैछन् ।

प्रतिक्रिया