सुशान्तकी बहिनी प्रियङ्काविरुद्धको मुद्दा खारेज नगर्न अदालतको आदेश

नयाँ दिल्ली । बम्बई उच्च अदालतले सुशान्त सिंह राजपूतकी बहिनी प्रियङ्का सिंहविरुद्ध दर्ता भएको एफआइआर खारेज नगर्न आदेश दिएको छ ।

सिंहविरुद्ध दर्ता गरिएको एफआइआर अदालतले  खारेज नगरेको भन्दै सुशान्तका पारिवारिक वकिलले  सर्वोच्च अदालत जाने तय भएको बताएका छन्।

अदालतले सुशान्तकी अर्की बहिनी मितु सिंहविरुद्ध दर्ता भएको एफआइआर भने खारेज गरिदिएको छ।

सुशान्तकी पूर्वप्रेमिका रिया चक्रवर्तीले राम मनोहर लोहिया अस्पतालका चिकित्सक तरुण कुमार र सुशान्तका बहिनीहरूविरुद्ध मुद्दा हालेकी थिइन् । यी तीनै व्यक्तिमाथि नक्कली बिल बनाएर सुशान्तलाई विभिन्न औषधिहरू दिने गरेको भन्दै रियाले एफआइआर दर्ता गराएकी थिइन्। प्रियंकाको सुझावमा डाक्टरले नक्कली फारम बनाएको रियाको दाबी थियो ।

रियाका अनुसार उनले अन्तिम पटक सुशान्तलाई भेट्दा सुशान्त बारम्बार उनकी बहिनीसँग फोन र च्याटमा कुरा गरिरहेका थिए । च्याटमा बहिनी प्रियङ्काले सुशान्तलाई साइकोट्रपिक ड्रग लिन सल्लाह दिँदै थिइन् ।

प्रतिक्रिया