दिवाकर निर्देशित दुई पुस्ते प्रेम (भिडियो)

प्रणय दिवसको अवसर पारेर ‘जिन्दगी तिम्रो र मेरो गीत’ सार्वजनिक भएको छ । हरिभक्त बुढाथोकीको शब्द, दीपक सिलवालको सङ्गीत रहेको गीतमा शिव परियार र बानिका प्रधानको स्वर छ । भिडियोमा रिता कट्टेल, इन्जामम अली खान, सुप्रिया खनाल र जेरी साउदको अभिनय छ । दिवाकर भट्टराईले यो भिडियोको निर्देशन गरेका हुन् । भिडियोमा स्वोयत्ना योञ्जनको कोरियोग्राफी महेश पौडेलको डिओपी तथा दीर्घ खड्काको सम्पादन छ । भिडियोमा दुई पुस्ताको प्रेम समेटिएको छ ।

प्रतिक्रिया