सहज जित हात पार्दै चेल्सी चौथो स्थानमा

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले न्यूक्यासल युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा ओलिभर जिराउड र टिमो वेर्नरले एक एक गोल गरेका थिए । योजितपछि चेल्सी प्रिमियर लिगमा चौथो स्थानमा उक्लिएको छ ।

चेल्सीको २४ खेलमा ४२ अंक भएको छ । चेल्सीभन्दा अगाडी लेस्टर सिटी २४ खेलमा ४६ अंकसहित तेस्रो र म्यानचेस्टर युनाइटेड पनि २४ खेलमा ४६ अंकसहित दोस्रो स्थानमा रहेका छन् ।

त्यसैगरी म्यानचेस्टर सिटी २३ खेलमा ५३ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै न्यूक्यासलको भने २४ खेलमा २५ अंक रहेको छ र लिगमा १७औ स्थानमा छ ।

प्रतिक्रिया