राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश
२०७७ फागुन ३ गते

राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफनो ओहादाको प्रमाणपत्र प्रस्तुुत गर्दै नेपालका लागि पाकिस्तानका राजदूूत शैद हैदर शाह । तस्वीर : चन्द्रकला क्षेत्री, रासस
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि इस्लामी गणतन्त्र पाकिस्तान र अष्ट्रेलियाका राजदूतहरुले सोमबार आ-आफ्ना ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राष्ट्रपति भवन, शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा पाकिस्तानी राजदूत सैद हैदर शाह र अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भल्कले प्रमाणपत्र पेश गरेका हुन् ।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल सरकारका उच्चपदस्थ अधिकारीलगायतको उपस्थिति थियो ।
२०७७ फागुन ३ गते
प्रतिक्रिया
सम्बन्धित








